Skip to content

बीमालेख नवीकरणमा हिमालयन लाइफले ५० प्रतिशत ब्याज र जरिवाना छुट दिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित (ल्याप्स) भएका बीमालेख नवीकरण तथा पुनर्जागरण गर्ने बीमितलाई ब्याज तथा जरिवानामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार असार २५ गतेदेखि ३२ गतेसम्म व्यतित बीमालेख नवीकरण वा पुनर्जागरण गर्ने बीमितले बीमाशुल्कमा लाग्ने ब्याज तथा जरिवानामा ५० प्रतिशत छुट पाउनेछन्।

यो सुविधा हिमालयन लाइफसँगै साविकका प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट जारी भएका तथा हाल व्यतित भएका सबै बीमालेखमा लागू हुनेछ।

कम्पनीका अनुसार उक्त छुट सुविधा एउटै बीमालेखमा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिनेछ। साथै, ब्याज–जरिवाना छुटको सुविधा प्रयोग गरी नवीकरण गरिएको बीमालेख नवीकरण भएको मितिले दुई वर्षभित्र समर्पण (सरेन्डर) गर्न चाहेमा छुट गरिएको ब्याज तथा जरिवानाको रकम कम्पनीले कट्टा गर्ने व्यवस्था गरिएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T