Skip to content

सांसदमा प्रश्न- सुकुम्वासीलाई नदीमा हाम फाल्न बाध्य पारियो, नेपालीको आत्मदाहमा सरकार किन मौन ?

काठमाडौं । सांसदहरुले सरकारसँग गणेश नेपालीको आत्मदाहको प्रयास र उनको निधन भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै सांसद वासना थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासमा सरकार किन मौन ? भनी प्रश्न गरिन् ।

साथै हरियो रङको बसलाई निलो बनाएर कसैको पनि सुरक्षा नहुने उनको भनाइ छ । सुकुमवासीलाई पनि नदीमा हाम फाल्न बाध्य हुनुपर्ने वातावरण बनाइएको सांसद थापाले बताइन् ।

सांसद भूमिका लिम्बू सुब्बाले गणेश नेपालीमाथि मोटरसाइकल पार्किङ गरेका कारण जरिवाना गरिएकै कारण आत्मदाहको प्रयास गरेको भन्दै यस्तो वातावरण बनाउनु दु:खद् भएको बताइन् । नागरिकलाई किन मर्न बाध्य बनाइँदै छ भनी उनले सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद पार्वती विकले गणेश नेपालीजस्ता नागरिकले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको भन्दै उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिन् । सांसद राधिका रम्तेलले पनि मृतक नेपालीको घटनाका विषयमा छानबिन हुनुपर्ने पनि उनले बताइन् ।

सांसद ज्ञानबहादुर शाहीले गरिब, दु:खी जनता राजधानीमा बाँच्न नसक्ने वातावरण बनेको बताए । सुविधा र व्यवस्था हुनेखानेका पक्षमा मात्र रहेको उनले सुनाए । युरोपमाभन्दा बढी कर तिरेर सोमालियामा जस्तै पाउन नागरिक बाध्य भएको सांसद शाहीको भनाइ थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T