Skip to content

नाट्टाको महासचिवमा पर्यटन उद्यमी पन्तको उम्मेदवारी: दुई दशकको अनुभव र ७ बुँदे एजेन्डासहित चुनावी मैदानमा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनका लागि प्रतिष्ठित पर्यटन उद्यमी, उच्च शिक्षित एवं सामाजिक अभियन्ता सुशील पन्तले महासचिव पदमा आफ्नो सशक्त उम्मेदवारी घोषणा गरेका छन् । “अनुभव, प्रतिबद्धता, एकता: नेपाली पर्यटनको बलियो भविष्य” भन्ने मूल नाराका साथ उनी चुनावी मैदानमा उत्रिएका हुन् ।

चुनावी मैदानमा रहेका पन्त नेपालको पर्यटन क्षेत्रकै एक प्रखर च्च बौद्धिक व्यक्तित्व हुन् । शैक्षिक यात्राको क्रममा उनले जनप्रशासनमा मास्टर्स सकेका उनी अध्ययन र सांस्कृतिक अन्वेषणका क्रममा संसारका अति विपन्नदेखि सम्पन्नशाली ४० भन्दा बढी देशहरूको भ्रमण गरिसकेका छन् ।

यो विश्वव्यापी अनुभवले उनलाई अन्तर्राष्ट्रिय पर्यटन बजार र रणनीतिको गहिरो ज्ञान दिलाएको छ।

विगत दुई दशकभन्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा निरन्तर क्रियाशील पन्त गोर्खा इन्टरनेशनल ट्राभल्स एन्ड एडभेन्चर गोर्खाल्यान्ड ट्रेकका संस्थापक तथा सीईओ हुन् । उनले व्यवसाय मात्र नगरी पर्यटन क्षेत्रमा नयाँ पुस्ताको भविष्य निर्माणका लागि समेत ठूलो योगदान दिए । उनको प्रत्यक्ष निगरानीमा हालसम्म सयौँ युवाहरूले इन्टर्नसिप पूरा गरिसकेका छन् । उनीसँग इन्टर्नसिप गरेका ती दक्ष जनशक्तिहरू आज नेपालका विभिन्न जिल्लाहरू लगायत संसारका धेरै विकसित देशहरूमा प्रतिष्ठित रोजगारीमा आबद्ध रहेका छन्।

विशेष गरी विदेशी पर्यटकहरूलाई नेपालमा कसरी धेरै दिनसम्म टिकाउने र उनीहरूलाई उत्कृष्ट सेवा दिएर ‘माउथ मार्केटिङ रिफरेन्स’ मार्फत अरू थप पर्यटकहरू कसरी भित्र्याउने भन्ने विषयमा पन्त विशेष विज्ञ मानिन्छन । उनले जापान र कोरिया जस्ता सम्पन्न एसियाली मुलुकका पर्यटकहरूका साथै युरोप, अमेरिका, र अरब देशका पर्यटकहरूलाई ठूलो मात्रामा भित्र्याएर नेपालको पर्यटन प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्रमा ठूलो भूमिका खेलेका छन् । आन्तरिक भन्दा पनि बाह्य (अन्तर्राष्ट्रिय) पर्यटक भित्र्याउने र नेपालमै स्वदेशी रोजगारी सिर्जना गर्ने कार्यमा उनले विशेष जोड दिँदै आएका छन् ।

पन्तले एसिया, युरोप, अष्ट्रेलिया, मध्यपूर्व र उत्तर अमेरिकाका प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन मेला तथा ट्राभल मार्टहरूमा गौरवका साथ नेपालको प्रतिनिधित्व गरिसकेका छन्। व्यावसायिक जीवनका साथै सामाजिक क्षेत्रमा समेत प्रखर पन्त सन् २००९ देखि नै नेपालको सामाजिक रूपान्तरण र स्वयंसेवामा सक्रिय छन् ।

‘नेपालको पर्यटन क्षेत्र फस्टाउँदा मात्रै हरेक पर्यटन व्यवसायीको सामूहिक विकास सम्भव छ’ भन्ने बलियो मान्यता राख्ने पन्तले नाट्टालाई अझ पारदर्शी, सञ्चारमैत्री, र प्रविधिमैत्री बनाउन आफ्नो ७ बुँदे मुख्य प्रतिबद्धताहरू सार्वजनिक गरेका
छन् ।

जसमा नाट्टाका सम्पूर्ण सदस्यहरूबीच गुटबन्दीमुक्त वातावरण र बलियो एकता स्थापित गर्ने,

अन्तर्राष्ट्रिय प्रवर्द्धन र बाह्य पर्यटक: विश्वव्यापी रणनीतिक साझेदारीमार्फत सम्पन्न एसियाली र पश्चिमा मुलुकबाट ठूलो संख्यामा बाह्य पर्यटक भित्र्याउने। पारदर्शी र चुस्त प्रशासन: नाट्टाभित्रको सञ्चार व्यवस्था, संस्थागत पारदर्शिता र प्रशासनिक कार्यप्रणालीमा व्यापक सुधार ल्याउने,

डिजिटल रूपान्तरण: परम्परागत प्रणालीलाई परिमार्जन गर्दै पर्यटन क्षेत्रमा नयाँ प्रविधि, एआई र डिजिटल मार्केटिङको प्रयोगलाई प्रोत्साहन गर्ने,

कानुनी र नीतिगत पैरवी: आफ्नो कानुनी पृष्ठभूमिको उपयोग गर्दै पर्यटन व्यवसायीहरूको अधिकार रक्षाका लागि नीतिगत तहमा सरकारसँग दह्रो वकालत गर्ने,

युवा नेतृत्व र रोजगारी सिर्जना: पर्यटन उद्योगमा नयाँ पुस्तालाई आकर्षित गर्दै युवा व्यावसायिकहरूको क्षमता विकास गर्ने र स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्ने,

सरोकारवालासँग सहकार्य: पर्यटकको बसाइ अवधि लम्ब्याउन, नेपालको पर्यटन छवि सुधार्न र विदेशी पर्यटकको संख्या बढाउन सरकारी तथा निजी क्षेत्रका सरोकारवालाहरूसँग मिलेर काम गर्ने रहेका छन् ।

आफ्नो उच्च शैक्षिक योग्यता, कानुनी ज्ञान, बाह्य पर्यटक भित्र्याउने विशेष विज्ञता, ३० भन्दा बढी देशको अनुभव र संस्थागत रूपान्तरणको स्पष्ट भिजनलाई विश्वास गरेर मतदान गर्न पन्तले सम्पूर्ण नाट्टा सदस्यहरूसँग हार्दिक अपिल गरे । उनको यो सशक्त उम्मेदवारीले समग्र पर्यटन व्यवसायीहरूमाझ नयाँ उत्साह थपेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi