Skip to content

नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम सम्पन्न, व्यापार सहकार्य विस्तारमा जोड

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र हाउस अफ राजकर्णिकारले काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम–२०२६ आयोजना गरेका छन्। फोरममा खाद्य, पेय पदार्थ तथा आतिथ्य क्षेत्रका सरोकारवालाहरूबीच नेपाल–भारत व्यापार, लगानी र द्विपक्षीय सहकार्य विस्तारका अवसरबारे छलफल गरिएको थियो।

कार्यक्रम आगामी सेप्टेम्बर ११–१३ मा भारतको वाराणसीमा हुने अन्तर्राष्ट्रिय नेपाल–भारत खाद्य तथा पेय पदार्थ प्रदर्शनीको पूर्वतयारीका रूपमा आयोजना गरिएको हो। कार्यक्रममा नेपाली व्यवसायीलाई भारतीय बजारमा पहुँच विस्तार गर्न प्रदर्शनीमा सहभागी हुन आग्रह गरिएको थियो।

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष कुनात अग्रवालले यस्ता कार्यक्रमले व्यापारिक सञ्जाल विस्तार, बजार पहुँच वृद्धि र सीमापार साझेदारी विकासमा टेवा पुग्ने बताए। हाउस अफ राजकर्णिकारका अध्यक्ष वीरेन्द्र राजकर्णिकार र विशेषज्ञ राजन समले वाराणसी प्रदर्शनीका अवसर, चुनौती तथा नेपाली उद्यमीले प्राप्त गर्न सक्ने सम्भावित लाभबारे प्रस्तुति दिएका थिए।

फोरममा होटल, रेस्टुरेन्ट, क्याटरिङ, खाद्य तथा पेय पदार्थ उद्योग, निर्यातकर्ता, वितरक र अन्य व्यवसायीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नेपाल–भारतबीच व्यापार विस्तार, बजार पहुँच अभिवृद्धि र दीर्घकालीन व्यावसायिक साझेदारी सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T