काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको पुँजी बजार विकास मार्गचित्र २०८३ ल्याएको छ ।
अब पूँजी बजारलाई राष्ट्रिय आर्थिक विकासको दोस्रो स्तम्भ का रूपमा स्थापित गर्ने समय आएको बोर्डले जनाएकोा छ ।
यस ूनेपालको पूँजी बजार विकास मार्गचित्र २०८३ू मा प्रस्तुत सुधार कार्यसूची केवल वित्तीय क्षेत्र सुधारको दस्तावेज मात्र नभएर यो आर्थिक रूपान्तरण, निजी क्षेत्रको सशक्तिकरण, लगानी विस्तार, नवप्रवर्तन प्रवर्द्धन र दक्षिण एशियाली वित्तीय बजारको एक अग्रणी पूँजी बजार बनाउने राष्ट्रिय आकांक्षा हासिल गर्ने रणनीतिक मार्गचित्र भएको बोर्डको दाबी छ ।
सरकारको दृढ राजनीतिक इच्छाशक्ति, सक्षम संस्थागत नेतृत्व, निजी क्षेत्रको साझेदारी तथा पारदर्शी कार्यान्वयनका माध्यमबाट नेपालले आगामी दशकमा दक्षिण एशियाको एक आधुनिक, विश्वसनीय, प्रविधिमैत्री र अन्तर्राष्ट्रियस्तरको पूँजी बजार निर्माण गर्न गरी कार्य अगाडि बढाउन बोर्ड प्रतिवद्ध रहेको जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्