काठमाडौं । बुधबार सेयर बजार बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १४.०० अंकले बढेर २५९०.२९ विन्दुमा पुगेको छ।
आज सेयर बजार बढेको भएता पनि कारोबार रकम भने घटेको छ । मंगलबार ८ अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब १७ करोड ३ लाख ९८ हजार रुपैयाँबराबरको ८४ लाख ७३ हजार कित्ता सेयर कारोबार भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। आज विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशत बढेको छ। यसैगरी, निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक आज सामान्य घटेको छ ।
आज सबैभन्दा धेरै ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९–९०’ को मूल्य बढेको छ । यस ऋणपत्रको सेयर मूल्य आज ९.२० प्रतिशत बढेको छ। यसैगरी, आज नारायणी डेभलपमन्ट बैंकको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको भने थ्रिस्टार हाइड्रोपावरको सेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ।
आज कारोबार रकमका आधारमा ‘१० प्रतिशत हिमालयन बैंक डिबेञ्चर २०८३’ शीर्ष स्थानमा रहेको छ। आज ४४ करोड १० लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्