काठमाडौं । सांसदहरूले स्वकीय सचिव राख्न पाउने भएका छन् ।
मन्त्रिपरिषद्को बैठकले नै सांसदहरुलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको छ ।
विगतमा सांसदहरूले स्वकीय सचिव राख्ने गरेका थिए । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले यो व्यवस्था खारेज गरेको थियो ।
कार्की नेतृत्वको सरकारले २०८२ असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूचीमा संशोधन गर्दै संसद्का स्वकीय सचिवको सुविधा हटाएको थियो ।
संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा २७५ सदस्यीय र राष्ट्रिय सभा ५९ सदस्य छन् ।









प्रतिक्रिया दिनुहोस्