काठमाडौं । काठमाडौं जिल्ला अदालतले धितोपत्र तथा बीमासम्बन्धी कसुरमा व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीश शिवप्रसाद आचार्यको एकल इजलासले बीमासम्बन्धी कसुरमा भट्टसँग डेढ करोड धरौटी र अग्रवालसँग दुई करोड धरौटी माग गरेको हो ।
धितोपत्र कसुरमा भट्टसँग एक करोड र अग्रवाललाई डेढ करोड धरौटी माग गरेको छ ।
हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्रीको मुद्दामा अग्रवालसँग अदालतले २ करोड ३० लाख धरौटी माग गरेको छ ।










प्रतिक्रिया दिनुहोस्