Skip to content

प्रोटोनको नयाँ विद्युतीय कार ‘ईमास ५’ सार्वजनिक, कतिपर्छ मूल्य ?

 

काठमाडौं । जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोन ब्रान्डको नयाँ विद्युतीय कार ईमास ५ ल्याएको छ ।

यो गाडी प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ ।

प्राइम भेरियन्टमा ३०.१२ किलोवाट-घण्टा क्षमताको ब्याट्री र ५८ किलोवाटको मोटर जडान गरिएको छ।

यो गाडीले एकपटक पूर्ण चार्ज गर्दा डब्लूएलटीपी मापदण्डअनुसार करिब २२५ किलोमिटरसम्म यात्रा गर्न सकिने छ । यसमा ६.६ किलोवाट एसी र ५३ किलोवाट डीसी फास्ट चार्जिङको सुविधा छ।

प्रिमियम भेरियन्टमा ४०.१६ किलोवाट-घण्टा ब्याट्री र ८५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यो भेरियन्टले एकपटकको चार्जमा करिब ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । ७१ किलोवाट डीसी फास्ट चार्जिङमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब २०–२१ मिनेटमै चार्ज गर्न सकिनेछ।

ईमास ५ को लम्बाइ ४,१३५ मिलिमिटर, चौडाइ १,८०५ मिलिमिटर, उचाइ १,५८० मिलिमिटर तथा ह्विलबेस २,६५० मिलिमिटर रहेको छ । रियर-ह्विल-ड्राइभ प्रणालीमा आधारित यो गाडीले सन्तुलित र सहज ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ ।

फिचरका हिसाबले गाडीमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, ३७५ लिटर बुट स्पेस तथा पछाडिको सिट फोल्ड गर्दा १,३२० लिटरसम्म सामान राख्न मिल्ने सुविधा रहेको छ। साथै, अगाडिको भागमा ७० लिटर क्षमताको अतिरिक्त ‘फ्रंक’ स्टोरेज उपलब्ध छ।

नेपाली बजारमा ईमास ५ प्राइमको मूल्य २९ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi