काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।आइतबार प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्