काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, माइतीघर क्षेत्रको डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न साझेदार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिएकी छिन् ।
मंगलवार साँझ डुवान हुने क्षेत्रको अनुगमन गर्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौँ र महानगरपालिकाका सम्बन्धित विभागको टोलीलाई प्रतिवेदन पेश गर्न निर्देशन दिइन् ।
माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरको ढल राखिएको छ । निकास हुने ठाउँमा ६० सेन्टिमिटरको ढल छ । अनुगमनका क्रममा डुबानको प्रारम्भिक अवस्थाका विषयमा डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख सुवोध देवकोटाले जानकारी दिए । प्रारम्भिक कारण यही हो । तर, कारण यति मात्र होइन । अधिकारीहरुले, माइतीघर मण्डला क्षेत्र वरिपरि भवन संरचना निर्माण गर्दा ढल निकास प्रणालीमा अवरोध पु¥याएको बताउँदै यस प्रकारका अवरोध हटाउनु पर्ने बताए ।
अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले स्थानीय प्रशासनसहित पूर्वाधार निर्माण तथा सुविधा वितरणसँग सम्बन्धित साझेदारसँगको सहकार्यमा माइतीघर मण्डला क्षेत्रको ढल प्रणालीमा देखिएका सबै प्रकारका अवरोध हटाइ डुवान मुक्त बनाइने बताइन् ।
अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं महानगरपालिकाको विपद व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग, महानगर प्रहरी बलका अधिकारी सहभागी थिए ।











प्रतिक्रिया दिनुहोस्