काठमाडौं । बुधबार सेयर बजार मापक नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार मापक परिसूचक १३.९३ अंकले घटेर २७१२.५४ बिन्दुमा झरेको छ ।
यसैगरी, मंगलबारको तुलनामा बुधबार सेयर कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेका अनुसार आज ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबारको बजारमा ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँको बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ११ उपसमूहहरू घटेका छन् । बाँकी २ उपसमूहकोमात्र सेयर कारोबार बढेको छ। आज फाइनान्स क्षेत्र र उत्पादन तथा प्रशोधन क्षेत्र तर्फको सेयर मूल्य बढेको छ ।










प्रतिक्रिया दिनुहोस्