काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको व्यापार घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १६.६३ प्रतिशतले धेरै हो ।
यो अवधिमा २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेको छ ।
भन्सार विभागका अनुसार गत आवमा नेपालले ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यो निर्यात अघिल्लो आवको तुलनामा १३.८१ प्रतिशतले धेरै हो ।
यस्तै नेपालले गत आवमा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँको आयात गरेको छ । अघिल्लो आवको तुलनामा गत आव आयात १६.२० प्रतिशतले बढेको छ ।
आयात तथा निर्यात अनुपात ६.६५ प्रतिशत रहेको छ । आयात हिस्सा ८६.९३ प्रतिशत छ भने निर्यात हिस्सा १३.०७ प्रतिशत रहेको विभागले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्