Skip to content
Prabhu

एक सय अर्ब डलर लगानीका लागि भारत र युरोपेली देशबीच सम्झौता, १० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य

एजेन्सी । भारतले आइतबार चार देशको समूह यूरोपियन फ्रि ट्रेड एसोसिएसनका साथ १०० बिलयन ठठलरको फ्रि ट्रेड प्याक्ट अर्थात् सम्झौतामा हस्ताक्षर गरेको छ । सूचना प्रविधि, अडियो भिजुअल तथा स्कील्ड एक्सपोट्र्सलाई बढावा दिन सहयोगका लागि उक्त सम्झौता गरिएको जनाइएको छ । आइसल्याण्ड, लिकटेस्टीन, नर्वे र स्वीट्जरल्याण्ड सो एसोसिएसनको हिस्सा छन् ।

सम्झौताअनुसार ट्यारिफ कम हुनेछ । सम्झौतापछि अब भारतीयहरुले वर्ल्ड क्लास स्वीस घडी र चकलेटका  लागि कम रकम मात्रै भुक्तानी गरे पुग्नेछ । साथै भारतीय चकलेट र घडीका साथै स्वीट्जरल्याण्डबाट आयात हुन घडीहरुमा पनि भन्सार कर कम हुनेछ । 

हाल भारतमा चकलेट र चकलेट उत्पादनमा ३० प्रतिशत र स्वीटजरल्याण्डबाट भारत आउने धेरैजसो घडीमा २० प्रतिशतको आयात कर लाग्दै आएको छ । सन् २०२२/२३ मा भारत तथा चार देशबीच कुल १८.६६ बिलियन डलरको व्यापार 

भएको थियो । जसमा सबैभन्दा धेरै स्वीट्जरल्याण्ड र त्यसपछि नर्वेसँग भएको थियो ।

यी चारदेशमा भारतका प्रमुख निर्यातकर्तामा अग्र्यानिक तथा केमिकल, ड्रग्स तथा फार्मास्युटिकल्स, गहना छन् ।

ग्लोबलल ट्रेड रिसर्च इनिसिएटिभका अनुसार द्विपक्षी व्यापारमा भारतमा स्वीट्जरल्याण्डको हिस्सा ९१ प्रतिशत छ ।  इन्डिया टुडेका अनुसार भारतले सम्झौतापछि पहिलो १० वर्षममा ५० बिलियन डलरको लगानीको प्रतिबद्धता मागेको छ । त्यसबाहेक आगामी ५० वर्षमा थप लगानीको प्रतिबद्धता पनि माग गरेको छ । यो लगानीबाट भारतमा १० लाख रोजगारी सृजना हुने अपेक्षा  गरिएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal