Skip to content

स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन,२०६६’ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि सर्वसाधारणबाट राय/सुझाव माग गरेको म्याद आज सकिने जनाएको छ।

मन्त्रालयले साउन ६ गते सात दिनको समय दिँदै मस्यौदा सार्वजनिक गरेको थियो। इच्छुक व्यक्ति तथा सरोकारवालाले मन्त्रालयको कानून शाखाको इमेल मार्फत आफ्नो राय तथा सुझाव पठाउन सक्ने व्यवस्था गरिएको थियो।

प्रस्तावित संशोधनमा स्वास्थ्यकर्मीमाथि हुने हिंसाविरुद्धको कानुनी व्यवस्था थप कडा बनाउने,स्वास्थ्य विषय अध्ययनरत विद्यार्थीलाई पनि ऐनको संरक्षणको दायरामा समेट्ने,हतियारसहित आपराधिक बल प्रदर्शनलाई निषेधित कार्यका रूपमा समावेश गर्ने तथा मन्त्रालयलाई आवश्यक निर्देशिका,कार्यविधि र मापदण्ड बनाउन सक्ने अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ।

मन्त्रालयले प्राप्त हुने सुझावको अध्ययनपछि आवश्यक परिमार्जन गरी विधेयकलाई अगाडि बढाउने तयारी गरेको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T