Skip to content

साम्प्रदायिक विद्वेष फैलाउने, समुदायप्रति घृणा फैलाउने गतिविधि हुन नदिन सबै दलहरूबीच साझा समझदारी बन्यो: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा साम्प्रदायिक विद्वेष फैलाउने र एक समुदायले अर्को समुदायप्रति घृणा फैलाउने गतिविधि हुन नदिन सबै दलहरूबिच साझा समझदारी बनेको बताएका छन् ।

आज रास्वपाले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताए ।

मुलुकमा देखा परेका पछिल्ला घटनाक्रम र सामाजिक सद्‌भाव बिथोलिने खतराप्रति सबै राजनीतिक दलहरू जिम्मेवार भएर उभिनुपर्ने बताए ।

‘कुनै पनि साम्प्रदायिक गतिविधि, जसले एउटा सम्प्रदायले अर्को सम्प्रदायप्रति घृणा, द्वेष र आक्रमण गर्ने स्थिति सिर्जना गर्छ, त्यसले कसैलाई फाइदा गर्दैन । यस्ता घटना हुँदा हामी सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्छ भन्ने महसुस गरेका छौँ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T