काठमाडौं । बुधबार सेयर बजार र कारोबार रकम पनि घटेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक ७.७९ अंक घटेर २६८८.८८ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.७८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ।
सेयर बजारसंगै आज कारोबार रकमले पनि घट्ने क्रमलाई निरन्तरता दिएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँको सेयर ४ अर्ब २ करोड ९४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। आज म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। बाँकी ११ उपसमूहको परिसूचक आज सामान्य अंक घटेको छ।







प्रतिक्रिया दिनुहोस्