Skip to content

गैर आवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउन आवश्यक कार्य अगाडि बढाउँने अध्यक्ष भट्टको आश्वासन

कम्पनीले भविष्यमा बण्ड तथा डिबेन्चर मार्फत रकम संकलन गरी लगानी गर्ने, कानूनी बनाउन अनुरोध

काठमाडौं । नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरूबीच बोर्डमा भेट भएको छ ।

भेटमा बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्टले सरकारले बजेट वक्तव्यमा गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन कानूनी व्यवस्थामा सुधार गर्ने कार्यक्रम तय गरे बमोजिम बोर्डको आव २०८३/८४ मा पूँजी बजार नीतिमा समेत कार्यक्रम समावेश गरी आवश्यक कार्य अगाडि बढाउने बताए ।

उनले गैर आवासीय नेपालीहरूले समुन्नत मुलुकहरूबाट सिकेको सीप, ज्ञान र पूँजी नेपालको पूर्वाधार विकासमा जोडने गरी व्यवस्था गर्न बोर्ड आवश्यक सहजीकरणका लागि तयार रहेको बताए ।

छलफलका क्रममा गैर आवासीय नेपालीका प्रतिनिधिहरूले बोर्डबाट भएको पहलबाट नेपालको धितोपत्र बजारमा गैर आवासीय नेपालीले लगानी गर्न सक्ने वातावरण निर्माण हुँदै गएको धारणा राखे ।

त्यस क्रममा संघका प्रतिनिधिहरूले सरकार र गैर आवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीले सार्वजनिक निष्काशन मार्फत गैर आवासीय नेपाली तथा विदेशमा रहेका नेपालीलाई साधारण सेयर जारी गरी रकम संकलन गर्ने जानकारी गराए ।

उक्त रकम नेपालको भौतिक पूर्वाधार विकासमा लगानी गर्ने योजना रहेको जानकारि गराए ।

उक्त कम्पनीले भविष्यमा परियोजना विशेषका लागि ऋणपत्र (बण्ड तथा डिबेन्चर) मार्फत रकम संकलन गरी लगानी गर्ने योजना समेत रहेको बताउँदै आवश्यक कानूनी सुधारका लागि सहजीकरण गरिदिन बोर्ड समक्ष अनुरोध गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T