काठमाडौ । सिरहा जिल्लाको गोलबजार आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिको छ ।
आन्दोलन तथा हुलदङ्गा भई शान्ति भङ्ग हुन लागेको भन्दै स्थानीय प्रशासनले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यु लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु अर्को आदेश जारी नभएसम्मका लागि कायमै रहने छ ।
कर्फ्यूको बर्खिलाप हुने गरी कुनै गतिविधि भए वा गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।








प्रतिक्रिया दिनुहोस्