Skip to content

सामाजिक सद्भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्रको आग्रह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले देशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई आग्रह गरेका छन्।
बुधबार जारी गरेको सद्भाव सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै यही विविधताले नेपाललाई विश्वमा सम्मानित बनाएको बताएका छन्। उनले नेपाली समाजको यही मौलिक पहिचान र गौरवलाई कुनै पनि कारणले कमजोर हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।
पूर्वराजा ज्ञानेन्द्रले केही दिनअघि सुनसरी जिल्लाका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको तथा त्यसको असर कोशी क्षेत्र र तराईका विभिन्न भू–भागसम्म फैलिँदा जनजीवन प्रभावित भएकोप्रति दुःख व्यक्त गरेका छन्।
उनले नेपाललाई विभिन्न समुदायबीच सामञ्जस्य रहेको देशका रूपमा चिनिँदै आएको उल्लेख गर्दै यस्ता अवाञ्छित घटना र दुर्घटना चिन्ताजनक भएको बताएका छन्। यस्ता गतिविधि नेपाली समाजका मौलिक मूल्य र मान्यताविपरीत रहेको उनको भनाइ छ।
सन्देशमा उनले देशको जुनसुकै भूभागमा बसोबास गर्ने सबै नेपालीलाई आपसी सद्भाव, मेलमिलाप र एकता कायम राख्न आग्रह गर्दै अहिलेको आवश्यकता पनि यही भएको उल्लेख गरेका छन्।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi