Skip to content

मधेशका विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन हुन्छ, सामाजिक सद्‌भाव नबिगारौँ (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका स्थानमा भएको घटनाको निष्पक्ष छानबिन गर्ने बताएका छन् ।

उनले राष्ट्रका नाममा सम्बोधन गर्दै सबै नेपालीलाई सामाजिक सद्‌भाव कायम राख्न समेत आग्रह गरे । उनले घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याउने बताए ।

‘म विश्वास दिलान चाहन्छु, यो छानबिन पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुनेछ,’ प्रधानमन्त्री बालेनले भने, ‘घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।’

उनले सम्बोधनका क्रममा घाइतेहरूको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकेको उनले जानकारी दिए।

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको प्रधानमन्त्रीले बताए ।

सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य सूचना, अफवाह र घृणा फैलाउने सामग्री प्रचारप्रसार नगर्न उनले अपिल गरे । प्रधानमन्त्री शाहले भने, ‘सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गरौं।’

कुनै एक स्थानमा भएको घटनालाई लिएर सिंगो समुदायलाई आरोपित गर्ने र देशैभरि प्रतिशोधको आगो फैलाउने कार्य न्यायसंगत नहुने दाबी गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi