Skip to content

निक्की, ईईसी नेपाल र बोसले गरे कार्यकारी एआई कार्यशाला

काठमाडौ‌ । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) युरोपियन इकोनोमिक चेम्बर नेपाल (ईईसी नेपाल) तथा बोसको संयुक्त आयोजनामा कार्यकारी कार्यशाला गरिएको छ ।

यस कार्यक्रममा प्रविधि साझेदारका रूपमा बोसले स्थानीय व्यवसायिक नेतृत्व, वरिष्ठ कार्यकारी, उद्यमी तथा नीति–निर्मातालाई कृत्रिम बुद्धिमत्ताको प्रभावकारी प्रयोगमार्फत व्यवसाय रूपान्तरण, उत्पादकत्व वृद्धि तथा रणनीतिक निर्णय प्रक्रियालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको विज्ञप्तिमा जनाइएको छ ।

आजको परिवेशमा उन्नत एआई प्रविधिमा पहुँच सबैका लागि सहज भइसकेको बोस समूह भारतका अध्यक्ष तथा बोस लिमिटेडका प्रबन्ध निर्देशक गुरुप्रसाद मुद्लापुरले बताए ।

“आजको परिवेशमा उन्नत एआई प्रविधिमा पहुँच सबैका लागि सहज भइसकेको छ। अब वास्तविक भिन्नता रणनीतिक कार्यान्वयन र सक्षम नेतृत्वले निर्धारण गर्छ। वास्तविक रूपान्तरण तब सम्भव हुन्छ, जब संस्थाहरूले सामान्य स्वचालन भन्दा माथि उठेर एआईलाई आफ्नो विशिष्ट क्षेत्रगत विशेषज्ञता, मानवीय विवेक तथा ग्राहकप्रतिको गहिरो विश्वाससँग संयोजन गर्छन् ।

आज क्षेत्रीय नेतृत्वले संगठनात्मक क्षमता विकासका लागि गर्ने निर्णयहरूले आगामी धेरै वर्षसम्म उनीहरूको प्रतिस्पर्धात्मक क्षमता निर्धारण गर्नेछन्” गुरु प्रसाद मुद्लापुरले भने ।

कार्यक्रममा नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जो तथा जर्मनीका राजदूत उडो युगेन भोल्जको विशेष उपस्थिति थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima