Skip to content

एनएमबी बैंकको नाफा ४०.६० प्रतिशतले बढ्यो, ईपीएस कति ?

काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ।

यो अवधिमा बैंकको नाफा ४०.६० प्रतिशतले बढेर ४ अर्ब १ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २ करोड ८ लाख रुपैयाँबाट १७.५२ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको फि तथा कमिसन आम्दानी १८.६० प्रतिशतले बढेर २ अर्ब ५९ करोड ८ लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा २९.०६ प्रतिशतले बढेर ६ अर्ब ११ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ भएपनि अविमोच्य असञ्चिति अग्राधिकार सेयरको लाभांश घटाएर १ अर्ब ७५ करोड ९ लाख रुपैयाँ छ । अघिल्लो आवको सोही अवधिको तुलनामा ७.९१ प्रतिशतले घटेको छ । बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता ९ रुपैयाँ ८ पैसा छ ।

चुक्ता पूँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको बैकको जगेडा कोषमा १५ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ छ । बैंकले ३ खर्ब १५ अर्ब ११ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ४९ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको निष्कृय कर्जा ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ १८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १८१ रुपैयाँ १५ पैसा छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T