Skip to content

प्रधानमन्त्री शाहले सुदूरपश्चिमका सांसदहरूसँग छलफल गर्दै

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेदेखि सुरु भएको छलफलमा समसामयिक राजनीतिक विषय, प्रदेशका विकासका प्राथमिकता तथा अन्य समसामयिक मुद्दाबारे विचार–विमर्श भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima