Skip to content

राष्ट्र बैंकमा महिलासहित ७ सदस्यीय सञ्चालक समिति रहने

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा कम्तीमा एक महिला सञ्चालकसहित सात सदस्य रहने व्यवस्था गर्ने सहमति भएको छ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा यस्तो सहमति भएको हो।

छलफलअनुसार राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय हुने र त्यसमा कम्तीमा एक जना महिला सञ्चालक अनिवार्य रूपमा रहने व्यवस्था गरिनेछ। उक्त व्यवस्था विधेयकमा समावेश गर्ने विषयमा समितिमा सहमति जुटेको हो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T