काठमाडौं । नेपालमा हेलिकप्टर चार्टर र उद्धार उडानको भाडा बढ्ने भएको छ ।
वायुसेवा सञ्चालक संघले त्यसका लागि नयाँ भाडादर कायम गरेको छ । नयाँ भाडादर भने असोज ३० गतेदेखि लागू हुनेछ ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजारमा हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धि भएको जनाएको छ ।
संघले विज्ञप्ति जारी गरेर हवाई इन्धनको मूल्यवृद्धिसँगै विमानका पार्टपुर्जा, उड्डयनसम्बन्धी विभिन्न शुल्क तथा प्रशासनिक खर्चसमेत उल्लेख्य रूपमा बढेकाले सेवा सञ्चालनलाई सहज बनाउन नयाँ भाडादर लागू गर्न लागिएको जनाएको छ ।
संघले नयाँ भाडादर अनुसार सेवा सञ्चालन गरिने जानकारी दिँदै यात्रु तथा सरोकारवालासँग आवश्यक सहयोग र समझदारीका लागि आग्रह गरेको छ ।





प्रतिक्रिया दिनुहोस्