Skip to content

महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशतले बढ्यो, ईपीएस कति छ ? 

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४८.४६ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा ४२ करोड ४३ लाख १८ हजार रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ नाफा कमाउन सफल भएको हो ।

यसैगरी । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको १ अर्ब ९४ करोड रुपैयाँबाट १०.६९ प्रतिशतले बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। यता बैंकको सञ्चालन नाफा ५३.४१ प्रतिशतले बढेर  ९३ करोड ७९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा बैंकको यस्तो आम्दानी ६१ करोड १४ लाख रुपैयाँबाट थियो ।

समीक्षा अवधिमा बैंकले इम्पेयरमेन्ट चार्जबापत ३१ करोड ५६ लाख रुपैयाँ छुट्याएको छ, जुन अघिल्लो आर्थिक वर्ष ५१ करोड ७३ लाख रुपैयाँ थियो। बैंकले इम्पेयरमेन्ट चार्जबापतको पैसा घटाउँदा नाफा तथा प्रतिसेयर आम्दानी लगायतका सूचकहरु बढ्नमा टेवा पुगेको हो ।

नियमनकारी समायोजनहरूपश्चात् गत असार मसान्तसम्मको खुद वितरणयोग्य नाफा ४६ करोड ५१ लाख ४४ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सञ्चित नाफाबाट बोनस सेयर र नगद लाभांश भुक्तानी समायोजन गरेपछि गत असार मसान्तसम्मको कुल वितरणयोग्य नाफा ४६ करोड ५१ लाख ९८ हजार रुपैयाँ कायम भएको छ। यस अनुसार बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १०.३१ रुपैयाँ रहेको छ।

बैंकको चुक्ता पूँजी ४ अर्ब ५१ करोड १२ लाख रुपैयाँ पुगेको छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी ७ अर्ब ४६ करोड २६ लाख रुपैयाँ पुगेको छ।

बैंकले ग्राहकहरूबाट ५५ अर्ब ९९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ग्राहकहरूलाई ४३ अर्ब ३४ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको कुल सम्पत्ति ६५ अर्ब ५ करोड ७० लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षमा यस बैंकको प्रतिसेयर आम्दानी १३.९६ रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो आम्दानी ९.८८ रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ४.०९ प्रतिशत बढेको हो ।

यसैगरी, यस बैंकको प्रतिसेयर नेटवर्थ १६५.४२ रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको प्रतिसेयर नेटवर्थ १६६.०४ रुपैयाँ रहेको थियो ।

गत आवमा बैंकको खराब ((एनपीएल) कर्जा बढेको छ। यस बैंकको ६.३२ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षसम्म बैंकको एनपीएल ४.९८ प्रतिशतमात्र रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T