Skip to content

सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलन र उनकी श्रीमतीलाई सर्वोच्चबाट सफाइ

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे मिलन’ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ। गुण्डागर्दी तथा गैरकानुनी गतिविधिबाट अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा उनीहरूमाथि मुद्दा दायर भएको थियो।

न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले विशेष अदालतबाट भएको सफाइको फैसला सदर गर्दै उनीहरूलाई आरोपबाट उन्मुक्ति दिएको हो। यससँगै उनीहरूमाथि लगाइएको सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग टुंगिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मिलन गुरुङ र उनकी श्रीमतीले गैरकानुनी रूपमा ७ करोड ८ लाख रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै मुद्दा अघि बढाएको थियो। विभागले उक्त सम्पत्ति विभिन्न गैरकानुनी गतिविधिबाट प्राप्त भएको दाबी गरेको थियो।

तर, २०७४ साल माघ १० गते विशेष अदालतले उनीहरूलाई सफाइ दिएको थियो। विशेष अदालतको उक्त फैसलाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima