Skip to content
Prabhu

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३७ हजार संस्थापक सेयर बिक्रीमा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनी दुर्गा प्रसाद उप्रेतीको नाममा रहेको ३७ हजार १ सय ३६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर बिक्री मूल्य बिक्रीकर्ता र खरिदकर्ताको आपसी समझदारीमा हुने कम्पनीले जनाएको छ । सेयर खरिदको पहिलो हकदार संस्थापक सेयरधनीहरु रहेकाले सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, डिल्लीबजारमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

सो समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal