काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा ६०.६८ प्रतिशत बढेको छ ।
गत आवको असार मसान्तसम्म आउँदा बैंकले ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्म आउँदा बैंकको खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेको छ । जसको कारण बैंकको नाफामा उछाल आएको हो । गत आवको असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ रहेको छ।
असार मसान्तसम्म आउँदा बैंकको खुद ब्याज आम्दानी १७.८५ प्रतिशत बढेर ११ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी १० अर्ब १५ करोड ३९ लाख ७८ हजार रुपैयाँ थियो ।
यस अवधि खुद फि तथा कमिसन आम्दानी ८.३४ प्रतिशत बढेर १ अर्ब ६३ करोड ४२ लाख २२ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १४.१९ प्रतिशतले बढेर १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ र सञ्चालन मुनाफा ६४.२६ प्रतिशतले बढेर ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ।
बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा २ अर्ब २३ करोड ४४ लाख रुपैयाँबाट घटेर ८४ करोड ७९ लाख रुपैयाँमा झरेको छ। नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ बढेर २९ रुपैयाँ १४ पैसा पुगेको छ।
१५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४० अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ। बैंकको निक्षेप समीक्षा अवधिमा ३७।११ प्रतिशत बढेको छ भने कर्जा १३.६० प्रतिशत बढेको छ।
प्रतिक्रिया दिनुहोस्