काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको असार मसान्तसम्मको अपरिस्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
यो अवधिमा कम्पनीको नाफा १.३१ प्रतिशतले बढेर ३७ करोड ५५ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ३७ करोड ७ लाख ४३ हजार रुपैयाँ रहेको थियो।
यो अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २०.९७ प्रतिशत बढेर ६ अर्ब २६ करोड ५७ लाख ३३ हजार रुपैयाँ रहेको छ । यस्तै कुल आम्दानी १३.६३ प्रतिशतले बढेर ७ अर्ब ५१ करोड ९४ लाख १३ हजार पुगेको छ ।
कम्पनिको कुल दाबी भुक्तानी १४.२१ प्रतिशतले बढेर ५ अर्ब ५२ करोड ८६ लाख ३२ हजार रहेको छ । यस्तै खर्च १४.३६ प्रतिशत बढेर ७ अर्ब १४ करोड ३८ लाख २० हजार रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ५८ पैसा छ । यस्तै मूल्य आम्दानी अनुपात ६१.२० गुणा रहेको छ।
५ अर्ब ३० करोड ७७ लाख ९३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको सेयर प्रिमियम १ करोड ९३ लाख ५२ हजार रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड ८५ रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४२ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ।





प्रतिक्रिया दिनुहोस्