Skip to content

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

गत आवको असार मसान्तसम्म कम्पनीले ४० लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९८.८९ प्रतिशत कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ३६ करोड ४९ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीले ४ अर्ब ३८ करोड ७४ लाख ४८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा ११.२३ प्रतिशतले बढेको छ ।

१ अर्ब ४५ करोड ३० लाख ८९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ९३ करोड ४३ लाख ५९ हजार रुपैयाँ खर्च गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ०.१३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ५३ पैसा रहेको छ ।

३ अर्ब २ करोड ९३ लाख रुपैयाँ सेयर पुँजी भएको कम्पनीको विशेष जगेडामा १ अर्ब ८६ करोड ८१ लाख ६५ हजार रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ७७ लाख ८७ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड ८४ लाख ४० हजार रुपैयाँ र अन्य इक्विटीमा ४२ करोड ४८ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T