Skip to content

तीन म्युचुअल फण्डहरुको लाभांश घोषणा, कुनले कति दिए ? 

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालन गरिरहेको एनएमबि फिफ्टी एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ र एनएमबि हाइब्रिड फण्ड एल २ का इकाईधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।
क्यापिटलले एनएमबि फिफ्टीका इकाईधनीहरुका लागि ३.१५ प्रतिशत, एमएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ का लागि १० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल २ का लागि ४.५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साउन २९ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै सो बैठकले लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले भदौ ८ गते, सोमबार, एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। यस अनुसार भदौ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T