काठमाडौं । गत आर्थिक वर्ष २०८२–८३ मा फाइनान्स कम्पनीहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ । समीक्षा अवधिमा फाइनान्स कम्पनीहरूले कुल १ अर्ब ६४ करोड ३ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १४५ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्ष २०८१८२ मा फाइनान्स कम्पनीहरूले कुल ६७ करोड ४ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । नाफामा भएको उल्लेख्य वृद्धिले समग्र फाइनान्स क्षेत्रको वित्तीय अवस्थामा सुधार आएको देखाएको छ ।
समीक्षा अवधिमा अधिकांश फाइनान्स कम्पनीको नाफा बढ्दा चार कम्पनीको भने घटेको छ । रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र आईसीएफसी फाइनान्सको नाफा अघिल्लो वर्षको तुलनामा घटेको हो ।
त्यस्तै, गत आर्थिक वर्षमा नेपाल फाइनान्सको नाफा ऋणात्मक रहेको छ । अन्य फाइनान्स कम्पनीहरूले भने अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा बढाउन सफल भएका छन् ।
फाइनान्स कम्पनीहरूमध्ये नाफा वृद्धिका आधारमा मञ्जुश्री फाइनान्स अगाडि रहेको छ । बाँकी कम्पनीहरूको नाफा वृद्धि र घटेको रकम कम्पनीअनुसार फरक–फरक रहेको छ ।





प्रतिक्रिया दिनुहोस्