Skip to content

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७ मा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले आफ्नो बैंकिङ सेवा विस्तार गर्ने क्रममा पाल्पाको तानसेन–७ स्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

बैंकले २०८३ साल भदौ १ गतेदेखि उक्त एक्सटेन्सन काउण्टरमार्फत सेवा सुरु गरेको जनाएको छ। नयाँ काउण्टर सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा तथा अस्पतालमा आउने सेवाग्राहीले बैंकिङ सेवा सहज र सरल रूपमा प्राप्त गर्न सक्ने बैंकको विश्वास छ।

नयाँ काउण्टर विस्तारसँगै एभरेस्ट बैंकका एक्सटेन्सन काउण्टरको संख्या पाँच पुगेको छ। बैंकले ग्राहकको आवश्यकता र पहुँचलाई ध्यानमा राख्दै अत्याधुनिक तथा सहज बैंकिङ सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ।

तानसेन–७ मा काउण्टर सञ्चालनमा आएसँगै पाल्पावासीलाई बैंकिङ कारोबारका लागि थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T