Skip to content

निर्जीवन बीमा कम्पनीको नाफा  ३८.४९ प्रतिशतले घट्यो, प्रभुको मात्रै बढ्यो

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमाससम्म कुल २ अर्ब ७२ करोड ९० लाख रुपैयाँ नाफा कमाएका छन्। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.४९ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीहरूले कुल ४ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा गरेका थिए।
समीक्षा अवधिमा अधिकांश निर्जीवन बीमा कम्पनीको नाफा घटेको छ। प्रभु इन्स्योरेन्सको नाफा भने १९.७१ प्रतिशतले बढेर २४ करोड ६४ लाख रुपैयाँ पुगेको छ। राष्ट्रिय बीमा कम्पनीको नाफा १९.४६ प्रतिशतले घटेर ३४ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ।
ओरिएन्टल इन्स्योरेन्सले ४९ करोड ५ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष भने कम्पनी ११ करोड ७६ लाख रुपैयाँ घाटामा थियो।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ३६.५३ प्रतिशतले घटेर ३३ करोड ७९ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरको ५६.७५ प्रतिशतले घटेर ३२ करोड ६९ लाख रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा २२.३५ प्रतिशतले घटेर ३१ करोड ३१ लाख रुपैयाँमा झरेको छ।
त्यस्तै, नेको इन्स्योरेन्सको नाफा ५०.१९ प्रतिशत, शिखर इन्स्योरेन्सको ७१.२२ प्रतिशत, सानिमा जीआईसीको ६१.३९ प्रतिशत र नेपाल इन्स्योरेन्सको ५९.६९ प्रतिशतले घटेको छ।
युनाइटेड अजोडको नाफा ६४.५५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ६२.३१ प्रतिशत र आईजीआई प्रुडेन्सियलको नाफा ९८.८९ प्रतिशतले घटेको छ। राष्ट्रिय इन्स्योरेन्स कम्पनी भने १३ करोड ११ लाख रुपैयाँ घाटामा रहेको छ, यद्यपि अघिल्लो वर्षको १५ करोड ७ लाख रुपैयाँ घाटाको तुलनामा घाटा केही घटेको छ।
Profit (Rs.000)
Company 2083 4th Quater 2082 4th Quarter Different In %
Oriental Insurance 490,453 -117,647
Rastriya Beema Company 344,437 427,642 -19.46
Himalayan Everest Insurance 337,885 532,335 -36.53
Siddhartha Premier Insurance 326,852 755,798 -56.75
Sagarmatha Lumbini Insurance 313,096 403,206 -22.35
Neco Insurance 288,321 578,845 -50.19
Prabhu Insurance 246,443 205,860 19.71
Shikhar Insurance 130,089 452,010 -71.22
Sanima Gic Insurance 130,039 336,783 -61.39
Nepal Insurance 127,550 316,459 -59.69
United Ajod Insurance 63,099 178,001 -64.55
Nlg Insurance 57,812 153,388 -62.31
Igi Prudential Insurance 4,038 364,974 -98.89
National Insurance -131,075 -150,740
Total 2,729,039 4,436,914 -38.49
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T