Skip to content

सुदूरपश्चिम जाँदै मन्त्री रावल, सहकारीका समस्या सुन्ने, अन्य के काम छन् प्राथमिकतामा ?

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन्।

 

मन्त्री रावल भदौ ६ (भोलि) गतेदेखि केही दिन कञ्चनपुर, कैलालीलगायतका जिल्लाको भ्रमणमा रहने छिन्।

भ्रमणका क्रममा मन्त्री रावलले मन्त्रालयसँग सम्बन्धित जनगुनासो प्रत्यक्ष सुन्ने, सहकारीका समस्या सुन्ने तथा भूमिहीन र सुकुम्बासी नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

 

भ्रमणका क्रममा सरकारले गरिरहेका काम, हालसम्म भएका प्रगति तथा आगामी दिनमा अघि बढाइने कार्यक्रम र तयारीबारे समेत स्थानीय नागरिक तथा सरोकारवालालाई जानकारी दिने मन्त्री रावलले बताएकी छिन्।

मन्त्री रावलले स्थानीयस्तरमा पुगेर नागरिकका समस्या सुन्ने र समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यले भ्रमण गर्न लागेको बताइन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T