काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकको सम्पत्ति १३.८४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकहरुको सम्पति ८८ खर्ब २९ अर्ब ८० करोड ६३ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आवको सोही अवधिमा ७७ खर्ब ५६ अर्ब २२ करोड ७७ लाख १९ हजार रुपैयाँ रहेको थियो ।
सम्पत्तिको हिसाबले सबैभन्दा धनी बैंक ग्लोबल आइएमई रहेको छ । ग्लोबलको सम्पत्ति १९.२८ प्रतिशतले बढेर ८ खर्ब २० अर्ब ७७ करोड ८९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको सम्पत्ति ६ खर्ब ८८ अर्ब ८ करोड ३९ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
यस्तै धेरै सम्पत्ति हुने दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकको सम्पति ३२.९५ प्रतिशतले बढेर ७ खर्ब ७८ अर्ब ६१ करोड ६३ लाख ७० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ५ खर्ब ८५ अर्ब ६४ करोड ५९ लाख ६० हजार रुपैयाँ रहेको छ ।
यस्तै तेस्रो धनीमा नबिल बैंक रहेको छ । बैंकको सम्पति १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७३ करोड १६ लाख २५ हजार रुपैयाँ रहेको छ ।
यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैकको सम्पत्ति ८.९६ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब ३४ करोड ४२ लाख ३० हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १५.३८ प्रतिशतले बढेर ५ खर्ब ११ अर्ब ८० करोड ९४ लाख ४६ हजार रुपैयाँ रहेको छ ।
यस्तै कुमारी बैंकको सम्पत्ति ११.०१ प्रतिशतले बढेर ४ खर्ब ९० अर्ब ३३ करोड ४७ लाख ११ हजार, नेपाल बैंकको २१.५३ प्रतिशतले बढेर ४ खर्ब ८४ अर्ब ४५ करोड ३६ लाख ९६ हजार रुपैयाँ, नेपाल बैंकको २०.२७ प्रतिशतले बढेर ४ खर्ब ५० अर्ब ७६ करोड २८ लाख, हिमालयन बैंकको १२.५८ प्रतिशतले बढेर ४ खर्ब १७ अर्ब ९९ करोड ५२ लाख, प्रभु बैंकको १.६० प्रतिशतले बढेर ४ खर्ब १२ अर्ब ८ करोड ७६ लाख ३५ हजार, कृषि विकास बैंकको सम्पत्ति १६.२१ प्रतिशतले बढेर ४ खर्ब २० अर्ब १३ करोड ४१ लाख २५ हजार, एनआईसी एशिया बैंकको सम्पत्ति ५.०८ प्रतिशतले बढेर ३ खर्ब ९३ अर्ब ८७ करोड ८९ लाख ३८ हजार रुपैयाँ रहेको छ ।
यस्तै एभरेष्ट बैंकको ५.५३ प्रतिशतले बढेर ३ खर्ब ८३ अर्ब ७५ करोड ८२ लाख ३६ हजार, एनएमबी बैंकको १५.०२ प्रतिशतले बढेर ३ खर्ब ९७ अर्ब ३८ करोड १३ लाख ६ हजार, सिद्धार्थ बैंकको १५.०३ प्रतिशतले बढेर ३ खर्ब ८९ अर्ब ७३ करोड २८ लाख १७, प्राइम बैंकको ६.१९ प्रतिशतले ३ खर्ब ३६ अर्ब ६ करोड ७९ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
यस्तै सानिमा बैंकको सम्पत्ति १०.५० प्रतिशतले बढेर २ खर्ब ९१ अर्ब २१ करोड २७ लाख ९८ हजार, नेपाल एसबिआई बैंकको ६.६७ प्रतिशतले बढेर २ खर्ब ४८ अर्ब ३५ करोड ७५ लाख २३ हजार, माछापुच्छ्रे बैंकको १७.९१ प्रतिशतले बढेर २ खर्ब ५६ अर्ब ३९ करोड १७ लाख ५० हजार, सिटिजिन्स बैंकको सम्पत्ति ९.५० प्रतिशतले बढेर २ खर्ब ६८ अर्ब ६८ करोड ५१ लाख ३४ हजार, स्टयान्डर्ड चार्टर्ड बैंकको सम्पत्ति १५.५१ प्रतिशतले बढेर १ खर्ब ८० अर्ब ६ करोड २७ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
बैंकको सम्पत्तिमा बैंकमा रहेको नगद, विभिन्न सामान, नेपाल राष्ट्र बैंकमा रहेको नगद मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, वित्तीय संस्थालाई दिएको कर्जा सापटी, ग्राहकलाई दिएको कर्जा सापटी, लगानी सुरक्षण पत्र, डेरिभेटिभ उपकरण, अन्य व्यापारिक सम्पत्ति, चालू कर सम्पत्ति, सहायक कम्पनीमा गरेको लगानी, सम्बद्ध कम्पनीमा गरेको लगानी, लगानी तथा सम्पत्ति, सम्पत्ति तथा उपकरण, ख्याती तथा अमूर्त सम्पत्ति, स्थगन कर सम्पत्ति लगायत पर्छन ।







प्रतिक्रिया दिनुहोस्