Skip to content

सानिमा ग्रोथ फण्डले इकाईधनीलाई ५ प्रतिशत लाभांश दिने

काठमाडौं । सानिमा बैंक लिमिटेडको कोष प्रवर्द्धनमा तथा सानिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित सानिमा ग्रोथ फण्डले आफ्ना इकाईधनीलाई लाभांश वितरण गर्ने भएको छ।

फण्डले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीलाई ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। भदौ ५ गते बसेको योजना व्यवस्थापक सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ।

लाभांश वितरणका लागि फण्डले भदौ १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। बुकक्लोजअघि कायम रहेका इकाईधनीले मात्र घोषित प्रतिफल प्राप्त गर्नेछन्। अर्थात् भदौ १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम इकाईधनीहरू प्रतिफल पाउन योग्य हुनेछन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T