Skip to content

टाटाको नयाँ ‘नेक्सन ईभी रिलोडेड’ सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले लोकप्रिय विद्युतीय एसयूभी ‘नेक्सन ईभी’को अपडेटेड भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले नाडा अटो शो २०२६ को अवसर पारेर ‘नयाँ नेक्सन ईभी रिलोडेड’ सार्वजनिक गर्दै बिक्रीसमेत सुरु गरेको हो । नयाँ नेक्सन ईभीको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नाडा अटो शोको विशेष अफरअन्तर्गत कम्पनीले १ लाख रुपैयाँ छुट दिने भएकाले ग्राहकले यो गाडी ४२ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

नयाँ डिजाइन तथा थप सुविधासहित आएको नेक्सन ईभी रिलोडेडले नेपाली विद्युतीय सवारी बजारमा टाटाको उपस्थितिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । ग्राहकले नाडा अटो शोमा रहेको टाटाको स्टलबाट गाडीको अवलोकन तथा बुकिङ गर्न सक्नेछन् ।

नयाँ नेक्सन ईभीमा ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटिक ब्याट्री प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ३७५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । त्यस्तै, गाडीमा ९८ किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

नेक्सन ईभी रिलोडेडमा ७।२ किलोवाटको एसी चार्जर तथा ६० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ । ऊर्जा दक्षता बढाउन गाडीमा चार तहको रिजेनेरेटिभ ब्रेकिङ सिस्टमसमेत दिइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T