Skip to content

उपराष्ट्रपति यादवले गरे नाडा अटो शोको अवलोकन (तस्बिरहरू) 

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग बढाएर मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएका छन्।
नाडा अटो शोको अवलोकन गर्दै उपराष्ट्रपति यादवले नेपालमा पेट्रोलियम पदार्थको आयातमा ठूलो रकम बाहिरिने भएकाले विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक रहेको बताए। ईभीको प्रयोग बढेमा इन्धन आयातमा हुने खर्च घटाउन सहयोग पुग्ने उनको भनाइ थियो।
उनले नाडा अटो शोले प्रत्येक वर्ष नयाँ आयाम थप्दै गएको उल्लेख गर्दै अटोमोबाइल क्षेत्रमा नयाँ प्रविधि र सुरक्षित सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए। सवारीसाधनमा विश्वस्तरीय सुरक्षा मापदण्ड अनिवार्य रूपमा अपनाउनुपर्नेमा समेत उनले जोड दिए।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T