काठमाडौं । नेपालमा भेस्पा र अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष ‘द सेभिङ एक्स्ट्राभागान्जा’ योजना सार्वजनिक गरेको छ ।
नाडा अटो शोको स्टल नम्बर टीडब्लूई–११ मा उपलब्ध यस योजनाअन्तर्गत शो अवधिभर भेस्पा वा अप्रिलिया खरिद वा बुकिङ गर्ने ग्राहकले २८ हजार ५ सय रुपैयाँसम्मको विशेष लाभ प्राप्त गर्ने कम्पनीले जनाएको छ । खरिद गर्ने ग्राहकले विशेष भेस्पा तथा अप्रिलिया ल्यापटप ब्यागसमेत पाउनेछन् ।
कम्पनीका अनुसार योजना नगद, फाइनान्स तथा एक्सचेन्जमार्फत सवारी खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ । यस वर्ष नाडा अटो शोमा भेस्पाले इटालियन क्याफेबाट प्रेरित थिममा स्टल तयार गरेको छ । स्टलमार्फत भेस्पाको इटालियन डिजाइन, जीवनशैली र प्रिमियम अनुभवलाई प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

प्रदर्शनीको मुख्य आकर्षणका रूपमा नयाँ अप्रिलिया एसआर १७५ एचपीई, लाइल्याक रंगको भेस्पा १२५ र ओरो रंगको भेस्पा एस १२५ राखिएका छन् । त्यस्तै, अप्रिलियाका स्टर्म १२५ र एसआर १६० तथा भेस्पाका जेडएक्स १२५, भेस्पा १२५ र भेस्पा एस १२५ का विभिन्न रंगका मोडल पनि प्रदर्शनीमा राखिएका छन् ।
डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय के. महतोले नाडा अटो शोमार्फत नयाँ मोडल नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताए ।
उनका अनुसार नयाँ अप्रिलिया एसआर १७५ एचपीई तथा लाइल्याक भेस्पा १२५ र ओरो भेस्पा एस १२५ ले ग्राहकलाई नयाँ विकल्प र अनुभव दिनेछन् । भेस्पाको क्याफे–थिमयुक्त स्टल र ‘द सेभिङ एक्स्ट्राभागान्जा’ योजनाले नाडा अटो शोको अनुभवलाई थप विशेष बनाउने कम्पनीको विश्वास छ ।







प्रतिक्रिया दिनुहोस्