Skip to content

नाडा अटो शोमा सुजुकीको विशेष अफर, स्क्र्याचमा २ लाखसम्म नगद छुट

काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले चाडपर्वलक्षित ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, आवधिक मर्मतसम्भारका पार्ट्स तथा एक वर्षको निःशुल्क अटो प्लस बिमाजस्ता सुविधा पाउनेछन्।

सुजुकी पर्वोत्सवअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट र १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउनेछन्। मोडेलअनुसार सुविधा फरक हुने कम्पनीले जनाएको छ। योजना २०८३ साउन २७ देखि मंसिर १५ गतेसम्म अर्थात् सन् २०२६ अगस्ट १२ देखि डिसेम्बर १ सम्म लागू हुनेछ।

योजनामा अल्टो के१०, वागनआर, सेलेरियो, इको, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ईभिटारालगायत सुजुकीका विभिन्न मोडेल समेटिएका छन्।

यसैबीच, काठमाडौंमा जारी नाडा अटो शो २०२६ मा सुजुकीले नयाँ ब्रेजाको पहिलो सार्वजनिक प्रदर्शन गरेको छ। भृकुटीमण्डपस्थित सुजुकी प्याभिलियन, स्टल ब्८द्द मा नयाँ ब्रेजासहित कम्पनीको सम्पूर्ण लाइनअप प्रदर्शनीमा राखिएको छ। नयाँ ब्रेजाले ५(स्टार भारत ल्ऋब्ए सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ।

नाडा अटो शो अवधिमा सुजुकी प्याभिलियनमा छानिएका मोडेल बुकिङ गर्ने ग्राहकका लागि ‘स्क्र्याच एन्ड विन’ अफरसमेत ल्याइएको छ। उक्त अफरमार्फत ग्राहकले २ लाख रुपैयाँसम्मको पुरस्कार जित्न सक्नेछन्।

विद्युतीय एसयूभी ईभिटाराका लागि भने छुट्टै ‘फर्स्ट १०० युनिट प्रमोशनल स्किम’ जारी रहनेछ। पहिलो १०० युनिट बिक्रीपछि सुजुकी पर्वोत्सवअन्तर्गतका सुविधा ईभिटारामा पनि लागू हुने कम्पनीले जनाएको छ। ईभिटारा खरिदकर्ताले ३ किलोवाटको स्ट्यान्डर्ड चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर निःशुल्क पाउनेछन्।

सीजी मोटोकर्पका महाप्रबन्धक सिरज पन्तले ग्राहकलाई नजिकको आधिकारिक सुजुकी डिलरसीप तथा नाडा अटो शोमा आएर मोडेलअनुसारका सुविधा र अफरबारे जानकारी लिन आग्रह गरेका छन्।

नाडा अटो शो २०२६ अगस्ट २५ देखि ३० सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T