काठमाडौं । आगन्तुक रिसोर्ट लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक ९आईपीओ० निष्कासन गर्ने भएको छ ।
त्यसका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सोमबार भएको नियुक्ति सम्बन्धी सम्झौतामा आगन्तुक रिसोटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आर्य शम्शेर ज।व।राणा र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक आशिष गौचनले हस्ताक्षर गरे ।
सम्झौता अनुसार कम्पनीले जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ । प्रस्तावित आईपीओ निष्कासन तथा बिक्री प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कार्य प्रचलित ऐन, नियमावली, निर्देशिका तथा नियामकीय मापदण्डको पालना गर्दै सम्पन्न गरिने जनाइएको छ ।
रिसोर्ट मुगल वास्तुकला शैलीमा निर्माण गरिएको छ । रिसोर्टको विभिन्न कोठा तथा निजी बाल्कोनीबाट २२ वटा हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिने प्रमुख विशेषता रहेको छ ।
शान्त वातावरण, आकर्षक भौगोलिक अवस्थिति, हिमाली दृश्य तथा कार्यक्रममैत्री पूर्वाधारका कारण रिसोर्ट फुर्सद, पारिवारिक बसाइ, कर्पोरेट कार्यक्रम, सम्मेलन, विवाह तथा अन्य सामाजिक समारोहका लागि उपयुक्त गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
प्राकृतिक सौन्दर्य र मनोरमलाई आधुनिक आतिथ्य सेवासँग संयोजन गर्दै रिसोर्टले स्वदेशी तथा विदेशी पर्यटकलाई गुणस्तरीय आवास, भोजन तथा मनोरञ्जन सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले आगामी दिनमा आफ्नो सेवा तथा पूर्वाधार थप विस्तार गर्दै पाँचतारे स्तरको एकीकृत रिसोर्टका रूपमा स्तरोन्नति गर्ने र पर्यटकलाई लक्षित गरी आतिथ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने कम्पनीको दीर्घकालीन योजना अघि सारेको छ ।
रिसोर्टको यठेष्थ जग्गा रहेको छ । कोटेश्वरदेखि धुलिखेलसम्मको सडकखण्डको सुधार तथा स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेकाले सामान्य यातायात अवस्थामा काठमाडौंबाट रिसोर्टसम्म करिब ४५ मिनेटमै पुग्न सकिने अवस्था बनेको जनाइएको छ ।






प्रतिक्रिया दिनुहोस्