Skip to content

नाडा अटो शोमा आयोनको विशेष अफर, भी २०२६ मोडल ५९ लाख ९९ हजारदेखि ७३ लाख ९९ हजारसम्म पाइने

काठमाडौं । नेपालमा आयोन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै आयोन भी २०२६ मोडलका लागि विशेष अफर सार्वजनिक गरेको छ।

नाडा अटो शो २०२६ मा आयोनले आफ्नो प्रिमियम विद्युतीय एसयूभी आयोन भी प्रदर्शन गरिरहेको छ। अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन, सुरक्षा, आरामदायी यात्रा तथा उत्कृष्ट प्रदर्शनलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नाडा विशेष अफरअन्तर्गत आयोन भी एलाइट २०२६ मोडल ५९ लाख ९९ हजार रुपैयाँ र आयोन भी लग्जरी २०२६ मोडल ७३ लाख ९९ हजार रुपैयाँ विशेष मूल्यमा खरिद गर्न सकिनेछ।

अफरअन्तर्गत ग्राहकले ६।६ किलोवाटको चार्जर र फ्लोर म्याट निःशुल्क प्राप्त गर्नेछन्। साथै, आकर्षक नगद छुट, नथिङ फोन अफर, एक वर्षको सडक कर तथा अटो प्लस बिमाको सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आयोन भीमा आकर्षक डिजाइनसँगै स्मार्ट प्रविधि, उच्च सुरक्षा, ऊर्जा दक्षता र आरामदायी यात्राको सुविधा उपलब्ध छ। विद्युतीय सवारीप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै नाडा अटो शोको अवसरमा विशेष अफर ल्याइएको कम्पनीको भनाइ छ।

नाडा अटो शोमा आयोनको प्रदर्शनी ब्लक ए, स्टल नम्बर ए–१ मा रहेको छ। त्यहाँ ग्राहकले आयोन भीलाई नजिकबाट अवलोकन गर्नुका साथै यसको विशेषता, प्रविधि र विशेष अफरबारे जानकारी लिन सक्नेछन्।

सीजी मोटर्सले नाडा अवधिभर उपलब्ध हुने विशेष अफरको लाभ लिन ग्राहकलाई आयोनको स्टल भ्रमण गर्न आग्रह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T