काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीका कारण करिब २ खर्ब हाराहारीमा क्षति भएको आंकलन गरेको बताएका छन् ।
आज प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा मन्त्री लम्सालले यस्तो बताएका हुन् । आज बिहान आएको बाढीको कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाामा क्षति पुगेको छ ।
बाढीका कारण रसुवा जिल्लामा रहेका १२ जलविद्युत आयोजनामा क्षति पुगेको छ । जसमा केही आयोजना निर्माण भइसकेका छन् भने केही निर्माणाधन अवस्थामा रहेका थिए । यस्तै रसुवा भन्सार कार्यालयमा क्षति पुगेको छ ।
्बाढीले ९ बैंकको शाखामा क्षति पुगेको छ । यो समाचार तयार पार्दासम्म ९ वटा पक्की पुल पूर्ण रुपमा क्षति भएको छ । मानविय क्षतिको समेत भएको छ । क्षतिको विवरण संकलन भइरहेको छ ।






प्रतिक्रिया दिनुहोस्