Skip to content

भोटेकोशीमा बाढी: उद्धारमा जुट्न चिनियाँ राष्ट्रपति सीको आग्रह, प्रधानमन्त्री छ्याङले दिए यस्तो निर्देशन

काठमाडौं । रसुवा जिल्लाको भोटोकोशीमा आएको बाढीले ठूलो क्षति पुर्याएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धारमा जुटन आग्रह गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले विपद्पछि उद्धार, राहत तथा जोखिम न्यूनीकरणका लागि निर्देशन दिएका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी चिनफिङले यस्तो निर्देशन दिएका हुन् ।

“चीनको दक्षिण–पश्चिमी सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित गिरोङ सीमा नाकामा बुधबार बिहान नेपालतर्फ गएको पहिरोका कारण मानवीय क्षति भएपछि, त्यहाँ बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङले पूर्ण प्रयास गर्न निर्देशन दिनुभएको छ” समाचारमा उल्लेख छ ।

उनले बेपत्ता भएकाहरुको खोजी गरी तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा पुनर्स्थापना गर्न निर्देशन दिएका छन् ।
साथै उनले वैज्ञानिक ढंगले उद्धार कार्य सञ्चालन गर्न निर्देशन दिएका छन् ।

यस्तै चिनियाँ प्रधानमन्त्री ली छ्याङले उक्त बाढीपछि बेपत्ता व्यक्तिहरुको संख्या यकिन गर्न निर्देशन दिएका छन् ।

छ्याङले उद्धार तथा राहत कार्यका लागि आवश्यक जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन् ।

उनले चिनियाँ विदेश मन्त्रालयलाई नेपालसँग सञ्चार तथा समन्वय कायम गर्न समेत निर्देशन दिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T