Skip to content

धितोपत्र बोर्डले दियाे दुई नयाँ बन्दमुखी म्युचुअल फण्डलाई स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई नयाँ बन्दमुखी सामूहिक लगानी योजनालाई विवरण पुस्तिका प्रकाशनका लागि स्वीकृति दिएको छ। बोर्डको स्वीकृतिसँगै एनआईसी एशिया क्यापिटल र मुक्तिनाथ क्यापिटलको व्यवस्थापनमा दुई नयाँ म्युचुअल फण्ड बजारमा आउने बाटो खुलेको छ।
बोर्डले भदौ १० गते एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा सञ्चालन हुने एनआईसी एशिया इक्वीटी अपर्चुनिटी फण्डलाई स्वीकृति दिएको हो। फण्डले कुल ८ करोड इकाई निष्कासन गर्नेछ। प्रतिइकाई मूल्य १० रुपैयाँ तोकिएको छ। यसअनुसार फण्डको कुल आकार ८० करोड रुपैयाँ हुनेछ।
त्यस्तै, मुक्तिनाथ क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा मुक्तिनाथ म्युचुअल फण्ड–२ पनि सञ्चालनमा आउने भएको छ। उक्त फण्डले १० करोड इकाई निष्कासन गर्नेछ। प्रतिइकाई १० रुपैयाँका दरले यसको कुल आकार १ अर्ब रुपैयाँ रहनेछ।
दुवै योजना बन्दमुखी प्रकृतिका हुन् भने तिनको अवधि १० वर्ष तोकिएको छ। बोर्डबाट विवरण पुस्तिका प्रकाशनको अनुमति पाएपछि अब दुवै फण्डले सर्वसाधारण तथा अन्य लगानीकर्ताका लागि इकाई निष्कासन प्रक्रिया अघि बढाउन सक्नेछन्।
नयाँ दुई योजनाको आगमनसँगै नेपाली पुँजी बजारमा सामूहिक लगानी योजनाको विकल्पसमेत थपिने भएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T