Skip to content

रसुवामा बाढीमा फसेका ११४ जनाको हवाई उद्धार

nabil
global ime

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान भीषण बाढी आएपछि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनालाई उद्धार गरेका छन्।

नेपाली सेनाले टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट ५ जना, बेत्रावतीबाट ४ जना तथा त्रिशूलीबाट काठमाडौंसम्म ३ जनाको उद्धार गरेको जनाएको छ।

त्यसैगरी निजी क्षेत्रतर्फ कैलाश हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवाबाट ३ जना, अन्नपूर्ण हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा ४ जना, प्रभु हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले थप २ जना, फिसटेलले ५ जना र एभरेष्ट हेलिकप्टरले २ जनाको उद्धार गरेका छन्। प्रभु हेलिकप्टरले रसुवाबाट वीर अस्पतालसम्म थप २ जनालाई उद्धार गरेको छ।

बाढीपछि प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाइएको छ। हेलिकप्टरमार्फत उद्धार गरिएकामध्ये घाइते तथा उपचार आवश्यक परेकालाई काठमाडौंका अस्पतालमा ल्याइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T