काठमाडौं । रसुवा लगायतका बाढी प्रभावित जिल्लाहरूमा प्राकृतिक विपद्का कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल बैंकर्स संघले गहिरो दुःख व्यक्त गरेको छ। विपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
बाढी तथा डुबानका कारण प्रभावित क्षेत्रमा रहेका केही बैंक शाखाहरू प्रभावित हुनुका साथै विद्युत र सञ्चार सेवा अवरुद्ध हुँदा नियमित बैंकिङ्ग सेवा सञ्चालनमा चुनौती देखिएको छ। यद्यपि, उपलब्ध स्रोत र वैकल्पिक व्यवस्थाको अधिकतम उपयोग गर्दै सेवा निरन्तरता दिन र प्रभावित सेवाग्राहीलाई सहयोग पुर्याउन बैंकहरूले प्रयास गरिरहेका छन्।
संघले नेपाल सरकार, नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायहरूसँग समन्वय गरी राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यमा बैंकिङ्ग क्षेत्र पूर्ण रूपमा साथ दिन प्रतिबद्ध रहेको जनाएको छ। साथै, सम्पर्कविहीन भएका केही कर्मचारीहरूको खोजी तथा सुरक्षाका लागि पनि आवश्यक पहल भइरहेको छ।






प्रतिक्रिया दिनुहोस्